स्याफ्रुवेशी–टिमुरे सडक खण्डकाे पहिरो हटाउँदै सेना

 समाचार सारांश

  • रसुवाको स्याफ्रुबेशी-टिमुरे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
  • पहिरो हटाउन रसुवागढी क्षेत्रमा सेना परिचालन गरिएको छ।
  • असार २४ मा आएको बाढीले गर्दा १९ जना सम्पर्कविहीन भएका छन्।

काठमाडौँ । रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । स्याफ्रुवेशी हुँदै टिमुरे जाने सडकमा गएको पहिरो हटाउन श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका–५ चिलिमे हाइड्रोपावर क्षेत्रमा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

frontline

पहिरो पन्छाउन र गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा पनि सेना खटिएको छ । असार २४ मा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढी क्षेत्र अस्तव्यस्त छ ।

नेपाल–चीन सिमानामा बग्ने लेन्डेखोलामा आषाढ २४ मा आएको बाढीको कारण १९ जना सम्पर्कविहीन भएका छन् । पहिरोका कारण स्य्राफ्रुवेशी र टिमुरेको सम्पर्क पनि टुटेको छ ।

#स्याफ्रुवेशी–टिमुरे #सडक खण्ड #पहिरो #बाढी #सडक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here