ज्ञानेन्द्रको जन्मदिनमा निर्मल निवासको दृश्य
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार आफ्नो ७९औँ जन्मोत्सव मनाएका छन् । जन्मोत्सवका अवसरमा उनलाई राजावादीहरु शुभकामना दिनका लागि महाराजगन्जस्थित निर्मल निवास पुगे । सो क्रममा उपस्थितहरुले उनलाई जन्मदिनको शुभकामनाका साथै पुनः देशको नेतृत्व गर्न शुभकामना दिए । राजावादीहरुले उनलाई देशको पुनः नेतृत्व गर्न शुभकामना दिँदा उनी मुसुमुसु हाँसिरहेको देखिन्थे ।

उनको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको पनि सहभागिता थियो । यस्तै राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ–संगठन तथा राजावादी सर्वसाधारण पनि निर्मल निवास पुगे ।
निर्मल निवासले यसअघि नै आजको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला रहने जानकारी गराएको थियो ।









प्रतिक्रिया दिनुहोस्