कुलिङ पिरियडमा ‘किर्ते’ प्रकरणमा सभामुखको कार्यकक्षमा सुरु भयो छलफल

 समाचार सारांश

  • सभामुख देवराज घिमिरेले कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी किर्तेबारे छलफल सुरु गरेका छन्।
  • संघीय निजामती सेवा विधेयकमा ‘बाहेक’ थपिएपछि हंगामा भएको छ।
  • राज्य व्यवस्था समितिबाट पारित प्रतिवेदनमा प्रतिनिधिसभाबाट हेरफेर भएको भन्दै नेताहरूले आपत्ति जनाएका छन्।

काठमाडौँ । कर्मचारीको ‘कुलिङ पिरियड’ २ वर्षे हुनगरी राज्य व्यवस्था समितिले पारित गरेको प्रतिवेदन प्रतिनिधिसभाबाट समेत पारित भइसकेको अवस्था किर्ते भएको खुलासा भएपछि सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । 

frontline

उनले आफ्नो कार्यकक्षमा दलका नेताहरूका साथै समितिका सभापति र सचिवसँग मंगलबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफल सुरु हुन् । 

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा ‘बाहेक’ थपिएको पाइएपछि हङ्गामा भएको छ । 

राज्य व्यवस्था समितिबाट विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास हुँदा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो । तर प्रतिनिधिसभाबाट पास भएको विधेयकमा हेरफेर गरिएको भन्दै धेरै नेताले आपत्ति जनाएका छन् ।

#संसद् सचिवालय #कुलिङ पिरियड #निजामती विधेयक #सभामुख

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here