विराटनगरमा कुकुरलाई बजेट मागेपछि लफडा, मेयरको कार्यकक्षमा भनाभन

१० असार, विराटनगर । विराटनगरमा कुकुर संरक्षणकर्मीले बजेट मागेपछि मेयरसँग भनाभन भएको छ । सामुदायिक कुकुरको संरक्षणमा काम गरिरहेका शाहिल र एलिना प्रसाईंको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको कार्यकक्षमा नोकझोक भएको हो ।

उनीहले मेयरको कार्यकक्षबाट अमानित हुँदै फर्किनुपरेको गुनासो गरेका छन् । कुकुर संरक्षणको काम गरिरहेका प्रसाईं दाजुबहिनी सोमबार विराटनगर महानगरपालिका पुगेका थिए ।  उनीहरूले विराटनगरको दक्षिणी क्षेत्र रानीमा कुकुरका लागि सेल्टर खोलेका छन् ।

frontline

बर्खामा डुबान हुने क्षेत्रमा खोलेको एलिना एनिमल्स प्रिजर्भेसन नेपालका लागि सहयोग गर्न मेयर कोइरालालाई आग्रह गरेका थिए ।  सहयोग गर्न नसक्ने भन्दै रुखो जवाफ दिएका कोइरालाले अपमानित गर्दै कुट्न खोजेको एलिनाको आरोप छ ।

सोमबार मेयरको कार्यकक्षमा पुगेर उनले सन् २०१९ देखि सञ्चालन गरिरहेको सेल्टर चलाउन भइरहेको समस्या सुनाइन् ।

पहिले जाँदा पनि मेयरले सहयोग नगर्ने भन्दै फर्काएका थिए । एलिनाका अनुसार सोमबार पनि मेयर कोइरालाले कुनै संस्थालाई सहयोग नगर्ने बताए । कुनै संस्थासँग सहकार्य नगरी आफैं काम गर्ने कोइरालाले बताएका थिए ।

मेयर कोइरालाको जवाफ सुनेपछि दाजु साहिलले यहाँबाट हिँड भनेपछि साहिललाई कुटपिट गर्न खोजेको उनले बताइन् । ‘मेरो दाइले मलाई यहाँबाट निस्किहाल भन्दा तँ सन्किन्छस् साला गधा प्रसाईं भन्दै खेदाउँदै दोस्रो तलासम्म आउनुभयो’, फेसबुक लाइभमा उनले भनिन्, ‘…मेयरले यति धेरै अपमान गर्नुभएको छ, म जागिर लगाइदिनु भनेर गएको होइन, कुकुरलाई हेल्प गर्दिनु भनेर गएको हो ।’

उनीहरुले निजी खर्च र व्यक्तिको सहयोगमा सेल्टर सञ्चालन गर्दै आएका छन् । कुकुर संरक्षणका लागि स्थानीय सरकारसँग सहयोग माग्दा अपमानित भएका हुन् ।

मेयर कोइराला र एलिनासँगको विवादमा प्रत्यक्षदर्शी रहेका एक व्यक्तिका अनुसार सहयोग गर्न नसक्ने बताएपछि शाहिल कोइरालासँग रिसाएर हिँडेका थिए । त्यसपछि मेयर कोइराला रिसाएर उनको पछि-पछि लागेका थिए ।

मेयर कोइरालाले आफूमाथि अपशब्द प्रयोग भएको बताए । आफूले दुर्व्यवहार नगरेको बताउँदै उनले भने, ‘ममाथि अपशब्द प्रयोग भएको छ, तिमीलाई कसैले आमासँग जोडेर अपशब्द प्रयोग गर्‍यो भने तिमी के जवाफ दिन्छौं ?’

विराटनगर उपमहानगरपालिका

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here