खेतीपातीको चटारोका कारण नेकपाको केन्द्रीय समिति बैठक प्रभावित

समाचार सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
  • प्रवक्ताका अनुसार, खेतीपातीको चटारो र वर्षाका कारण बैठक साउनमा सारिएको छ।
  • पार्टीले देशभर १ सय २२ बिघाभन्दा बढी जमिनमा खेती गर्दै आएको छ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक प्रभावित भएको छ । खेतीपातीको चटारोको कारण बैठक प्रभावित भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार खेती बाली लगाउने काम सम्पन्न भएपछि साउनमा बैठक बस्नेछ । 

frontline

‘खेतीपातीको चटारोका कारण असारमा केन्द्रीय समिति बैठक बस्न सम्भव छैन । वर्षाको कारण देशभरबाट नेताहरू आउन समस्या हुने भयो । खेती बाली लगाई सकिएपछि साउनतिर बैठक बस्छ’, उनले भने । 

नेकपाले देशभर एक सय २२ बिघाभन्दा बढीमा खेती गर्दै आएको छ । नेकपाले हरेक ६ महिनाको अन्तरालमा नियमित बैठक बोलाउने गरेको थियो । महासचिव नेत्रविक्रम चन्द विप्लवले यसअघि जेठ १८ गते केन्द्रीय समिति बैठक बोलाएका थिए । तर सडकमा राजावादीहरू सक्रियता बढ्दै गएको, यातायात व्यवसायी महासङ्घले यातायात सेवा अवरुद्ध गरेको कारण देखाउँदै बैठक स्थगित गरेका थिए ।

#नेकपा #केन्द्रीय समिति #बैठक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here