कर्णालीमा प्रतिपक्ष दलले गरे सभा अवरुद्ध

समाचार सारांश

  • कर्णाली प्रदेश सभामा विपक्षी दलहरूले बजेट निर्माण प्रक्रियामा त्रुटि भएको भन्दै बैठक अवरुद्ध गरे।
  • माओवादी केन्द्रका प्रमुख सचेतक जिसीले बजेट आर्थिक ऐन विपरीत रहेको र मन्त्रीहरू बिचौलिया बनेको आरोप लगाए।
  • विपक्षी दलहरूले सरकारले नैतिकता गुमाएको र कानुन विपरीत काम गरेको आरोप लगाउँदै बजेटमाथि प्रश्न उठाए।

सुर्खेत । प्रमुख प्रतिपक्षी दलहरूले बजेट निर्माणको प्रक्रियागत त्रुटि भएको भन्दै आइतबार बसेको कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् ।  नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाले संयुक्त रूपमा संसदमा अवरोध सिर्जना गरेका हुन्।

frontline

बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बजेट निर्माणको प्रक्रिया नै अवैध रहेको र प्रदेश आर्थिक ऐन विपरीत बजेट प्रस्तुत गरिएको आरोप लगाए । 

उनले मन्त्रीहरू नै बिचौलियाको भूमिकामा रहेको र निर्णय गर्ने व्यक्ति नै निवेदक, प्रस्तावक भएर योजना हाल्ने काममा अग्रसर भएको उनको भनाइ छ  । 

‘हिजो अरूले बिचौलियाको काम गर्थे, आज सरकार र मन्त्रीहरू आफैँ बिचौलियाको काम गरिरहेको पुष्टि हुन्छ ,’ उनले भने,  ‘मन्त्री निवेदक हुने, अनि निर्णय पनि आफैँ गर्ने, डोजर पनि आफैँ चलाउने भयो ।’

साथै उनले सरकारले नैतिकता गुमाइसकेको पनि बताए । ‘सरकारले कानुन विपरीत काम गरिरहेको छ,’ उनले भने, ‘यो बजेट नै ‘अवैध’ छ ।’ साथै बजेट प्रस्तुत हुनुअघि प्रस्तुत हुनुपर्ने चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत नगरेको भन्दै उनले प्रश्न उठाए ।

‘उनले अगाडि भने, ‘सरकार कानुन आफै उल्लङ्घन गरिरहेको छ, त्यसकारण बजेटमाथि छलफल गर्नु उपयुक्त छैन ।’  विपक्षी दलहरूले सभा अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छन् ।

#कर्णाली प्रदेश #राजनीति

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here