संसदमा रास्वपाको नाराबाजी, सभामुखले अघि बढाए बैठक
समाचार सारांश
- प्रतिनिधिसभा बैठकमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेको छ।
- रास्वपाले भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गरेको हो।
- सभामुख देवराज घिमिरेले विनियोजन विधेयक अन्तर्गत छलफल अघि बढाए।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा रास्वपाले आजपनि नाराबाजी गरेको छ । भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरेको हो ।
यद्यपि सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।
उनले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाएका हुन् ।
छलफलमा ८ जना सदस्यले बोल्न नाम टिकाएका छन् ।






प्रतिक्रिया दिनुहोस्