रवीन्द्र मिश्र अदालत उपस्थित, आजै थुनछेक बहस हुने

मिश्रविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय माग दाबी गरी मुद्दा दर्ता भएको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- ३ असार काठमाडौंमा तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् र अदालतमा उपस्थित भएका छन्।
- शवलशम्शेर राणा महामन्त्री पनि अदालतमा आएका थिए र ३ लाख धरौटीमा छुटेका छन्।
- मिश्रविरुद्ध जेठ ११ गते मुद्दा दर्ता भएको थियो र उनी पूर्वपक्षका लागि थुनामा जाने निर्णय हुनेछ।
३ असार, काठमाडौं। तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।
सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।
आज अदालत उपस्थित भएका मिश्रको पनि आज नै थुनछेक बहस हुनेछ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।
गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।
सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्