एआइजी कार्कीले ल्याए ‘गुन्यु चोली पटुकी’

‘नेपालकी छोरी हुँ म
यही हो मेरो घर
गुन्यु चोली पटुकी
मलाई साह्रै सुहाउँछ…’

पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो। 

frontline

बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन्। नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए। 

‘गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्,’ एआईजी कार्कीले भने, ‘हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो।

गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ। गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ। ’

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन्। एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here