वलीमाथि मुद्दा चल्नासाथ प्रधानमन्त्री ओली…

प्रधानमन्त्री केपी ओली गृहजिल्ला झापालीप्रति, अलिकति दुःख पाएका महिला प्रति, आफ्नो जाति र थरप्रति, भेग, गुट र वरिपरी घुमिरहनेप्रति कतिसम्म चिन्तित र संवेदनशील देखिनुहुन्छ भन्ने सानो झाँकी फेरि पनि फेला परेको छ । पछिल्लो प्रसंग गत जेठ ५ गते अनेकौं भ्रष्टाचार काण्डमा हाल जेलभित्र रहेका नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल सूचना प्रविधि केन्द्रमा रहँदाको एउटा भ्रष्टाचार केस अख्तियारले विशेष अदालतमा लगेकै दिनको हो ।
त्यो खबर पाउनासाथ ३ बजेर ५० मीनेट जाँदा कलंकीमा बसिरहेका ‘अ’ होइन ‘व’ वली थरका, झापाली राजेन्द्र कानुनी पृष्ठभूमिमा संलग्न राजेन्द्र वलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकमको सिमकार्ड भएको मोबाइलबाट फोन गर्नुभयो र शुरुमै भन्नुभयो– ‘आज प्रेम राईले सुनिल पौडेलसँग जोडेर सूचना प्रविधि केन्द्रको लेखापाल निमबहादुर वलीविरुद्ध मुद्दा दायर गरेको रहेछ । राईले किन त्यस्तो गर्यो होला ? ती निमबहादुर पूर्व–पश्चिम कताका हुन् ? हामीले के सहयोग गर्न सक्छौँ, बुझ्नु है !’ फेरि थप्नुभयो ‘अस्ति किन नआएको ? ल भोलि आउनु । ओलीले त्यसरी फोन गर्दा वरिपरिका मान्छे छक्क परे ।




अर्थात् प्रधानमन्त्री केपी ओलीलाई हरेक मुद्दा र त्यसमा जोडिएका पात्रबारे यति छिटो खबर सञ्चार हुने र त्यसबारे सोधखोज शुरु भइहाल्ने कुराले उहाँमा रहेको छैटौं इन्द्रियको सक्रियता प्रष्ट पार्दछ ।
त्यसो त एकजना निमबहादुरचाहिँ वली वंशका उपाध्यक्ष र कांग्रेस पृष्ठभूमकिा बागचौर सल्यान बासिन्दा हुन् भने अर्का वलीबारे यकिन वतन खुलिसकेको छैन । यसर्थ प्रधानमन्त्रीले यहाँनेर सूचनाको पुष्ट्याइँका निम्ति विभिन्न व्यक्तिसँग सोधखोज गर्नुभएको हुन सक्छ । ओली वंश समन्वय समाजको अध्यक्ष झापाका उमेशचन्द्र र पूर्वअध्यक्ष पुण्यप्रसाद नापी विभाग पूर्वमहानिर्देशक हुन् ।
अहिले समाजमा उपाध्यक्ष निमबहादुर वली (सल्यान), महासचिव मोहन ओली (झापा), कोषाध्यक्ष यज्ञराज ओली (झापा) छन् । ओलीद्वारा फोन घुमाइएका राजेन्द्र भने काठमाडौंका अध्यक्ष हुन् । उनको पनि पुख्र्यौली थलो झापा नै हो । अहिले चन्द्रागिरिमा बस्छन् । ओलीले चासो देखाएका निमबहादुरको बसाइ चाबहिलतिर छ । ओली वंश अक्षयकोष समाज भन्ने संस्था पनि अस्तित्वमा छ । यता, ओली वंश अक्षय कोषका केशरमणि ओली झापाली हुन् । यसको सबै खटनपटन गर्ने, कोष राख्ने उनको केपी ओलीसँग असाध्यै निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपकरण खरिद अनियमितता निम्ति तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध अख्तियारले जेठ ५ गते मुद्दा दायर गरेको थियो । जसमा सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इञ्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र म्याक्स इन्टरनेशनलका सिइओ अकबर हुसेन मुछिएका छन् । ओलीको उदारता यत्तिमै सकिँदैन । वली भएकै कारण कोमल वलीले २०७४ मा राप्रपाको केन्द्रीय सदस्य भइरहँदा एमालेमा केन्द्रीय सदस्य र सांसद बन्न पाइन् ।
इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरीकी प्रेमिका खुश्बु ओलीसमेत कुनै समय ओलीे निकट थिइन् । २०७२ फागुनमा सन्तोष कार्कीसँग विवाह गरेकी उनले याक एण्ड यतिको पार्टीमा प्रधानमन्त्री ओलीलाई चिफगेष्ट बनाइन् । व्यापारी पवन गोल्यानलाई भनेर ओलीले नै खुश्बुलाई काम लगाइदिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्