आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

समाचार सारांश

  • सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइने जानकारी दिए।
  • यो निर्णय २०८१ फागुन १५ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार भएको हो।

काठमाडौँ । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । 

विज्ञप्तिमा मत्स्येन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेबारेको सूचना  २०८१ फागुन १५ गतेको राजपत्रमा सूचना प्रकाशित भइसकेको पनि उल्लेख छ ।

frontline
494812969_1414009329790533_5515423750953148493_n

#सार्वजनिकबिदा #काठमाडौँ #जात्रा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here