युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको युक्रेनमाथि आक्रमणको विरोध गरेका छन्।
  • उनले रुसलाई ‘सन्की’ भन्दै आलोचना गरे र थप प्रतिबन्धको चेतावनी दिए।
  • ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीको पनि आलोचना गरे।

१२ जेठ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका छन् ।

frontline

रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको विवरण आइरहेका छन् ।

अहिलेसम्मकै भिषण भनिएको यो आक्रमणको सन्दर्भमा ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘मैले सधैं भन्दै आएको छु कि पुटिनले युक्रेनको एउटा टुक्रा मात्र होइन, पूरै युक्रेन चाहन्छन् । सायद अहिले यो पुष्टि हुँदै गएको छ । तर यदि उनले यस्तो चाहना राखेमा रुसको पतन हुनेछ ।’

ट्रम्पले पुटिनलाई ‘सन्की’को संज्ञा दिँदै थप लेखेका छन्, ‘पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रह्यो । तर अहिले उनलाई केही भएको छ । उनले विनाकारण धेरै मानिसलाई मारिरहेका छन् । मैले केवल सैनिकको कुरा गरिरहेको छैन, विनाकुनै कारण युक्रेनका शहरहरुमा मिसाइल र ड्रोन प्रहार गरिरहेका छन् ।’

रुसले युक्रेनमाथि आक्रमण नरोके अझै धेरै प्रतिबन्ध लगाउने चेतावनी पनि ट्रम्पले दिएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीको पनि आलोचना गरेका छन् । जेलेन्सीका अभिव्यक्तिले उनको देशको भलाइ नहुने ट्रम्पको भनाइ छ ।

ट्रम्पले लेखेका छन्, ‘जेलेन्स्कीले जसरी कुरा गर्छन्, त्यसबाट उनको देशको भलाइ हुँदैन । उनको मुखबाट निस्किने हरेक कुराले समस्या पैदा गर्दछ । मलाई यो मन पर्दैन । यसलाई रोक्नु नै राम्रो हुन्छ ।’

पछिल्लोपटक रुसले युक्रेनमा आक्रमण गरेपछि जेलेन्स्कीले अमेरिका चुप लागेर युक्रेनमाथि आक्रमण गर्न रुसलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका थिए ।

डोनाल्ड ट्रम्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here