सगरमाथाको फेदमा विभिन्न प्रतियाेगिता

सोलुखुम्बुको नाम्चेमा यो वर्षको सगरमाथा दिवस मनाउने तयारी थालिएको छ । ७२ औँ सगरमाथा दिवस खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ मनाउन लागेको हो ।
आगामी मंगलबारदेखि बिहीबारसम्म तीन दिन विभिन्न कार्यक्रमका साथ सगरमाथा दिवस मनाउने कार्यक्रम छ । खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगिता राखिएको छ ।




हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाइन्छ । सन् १९५३ को उक्त दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्