सर्वोच्चको आदेशपछि रास्वपाको आकस्मिक बैठक निरन्तर

सर्वोच्च अदालतको हिजोको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक भर्चुअल बैठक डाकेको छ । हिजो राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले आज दिउँसो दुई वटा भर्चुअल र भोलि भौतिक उपस्थितिमा बैठक राखेको छ ।

पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा भएको पछिल्लो आदेशपछि पश्चात् उत्पन्न परिस्थितिबारे छलफल आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक राखिएको छ । भोलि दिउँसो २ बजे पार्टी कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक बोलाइएको छ ।

frontline

सर्वोच्चले सहकारी ठगीमा पूर्व गृहमन्त्री लामिछाने र पूर्व डिआईजी छविलाल जोशी तत्काल प्राप्त प्रमाणको आधारमा निर्दोष नदेखिएकाले थुनामुक्त गर्न नसकिने आदेश दिएको हो । न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलास रवि र छबिलाई यसअघि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here