निजामती ऐनविरुद्ध सिंहदरबारभित्रै धर्ना, सचिवहरु दौडधुपमा

प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको आरोप लगाउँदै सिंहदरबारभित्रै कर्मचारीहरु धर्नामा बसेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा बिहान १० बजेदेखि कर्मचारीहरुले धर्ना दिएका हुन् । तल्लो तहका कर्मचारीहरु २० वर्षसम्म बढुवा नहुने व्यवस्था गरिएको उनीहरुको आरोप छ ।
धर्नामा निजामतीमा रहेका सबै कर्मचारी संघ संगठनका सदस्यको सहभागिता रहेको बताइन्छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेर प्रतिनिधिसभामा पेस गर्न लागिएको निजामती कर्मचारी विधेयकमा माथिल्लो तहका कर्मचारीहरुले आफू अनुकुल बनाएको उनीहरुको आरोप छ ।




यता कुलिङ पिरियडलाई लिएर उच्च तहका कर्मचारीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर असन्तोष व्यक्त गरेका छन् । सचिव, मुख्यसचिवलाई अवकाशको दुई वर्षसम्म कुनैपनि राजनीतिक नियुक्ति नदिने व्यवस्थाप्रति उनीहरुको चर्को विरोध छ । तल्लो तहका कर्मचारीले २० वर्षसम्म एउटै तहमा रहनुपर्ने व्यवस्था गरिएकोमा आज धर्ना दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्