खोलाको धमिलो पानी खान बाध्य छन् हुम्लाको तिल गाउँवासी

News Summary
Generated by OK AI. Editorially reviewed.
- हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँका बासिन्दाले बाढीले क्षतिग्रस्त खानेपानी संरचनाका कारण धमिलो पानी खान बाध्य छन्।
- गाउँमा आएको बाढीले घर, पुल, र जलविद्युत् आयोजना क्षति पुर्याएको र १८ परिवार घर छोडेर पालमुनि बसिरहेका छन् ।
- राष्ट्रिय विपद् प्राधिकरणले तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पुर्याएको जानकारी दिएको छ।
७ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।




गत जेठ १ गते हिमताल भासिएर लेदो सहितको बाढीले खानेपानीको संरचना समेत क्षतविक्षत भएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका हुन् ।
नाम्खा गाउँपालिका– ६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गाउँमा खानेपानीको पाइप र धारा नै बाढीले बगाएपछि गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएको बताए ।
‘कतिबेला धमिलो पानी आउँछ, कतिबेला सफा आउँछ,’ लामाले भने, ‘पानी त खानै पर्यो ।’
सोनाम साङमु लामाले पनि झण्डै एक सातादेखि खोलाको धमिलो पानी खान बाध्य भइरहेको बताए ।
धमिलो खानेपानीका कारण गाउँका बासिन्दा बिरामी हुने चिन्ता भएको उनले बताए ।
हुम्लाको तिलगाउँमा जेठ एक गते राति एक्कासी आएको बाढी र पहिरोले स्थानीयका घर, पुल, लघु जलविद्युत् आयोजना लगायतका संरचनामा क्षति पुगेको छ । बस्ती जोखिममा परेपछि तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा पालमुनि बसिरहेका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ ई. दिनेश भट्टले मंगलबारको एक कार्यक्रममा तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पुर्याइसकेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्