गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल

News Summary
Generated by OK AI. Editorially reviewed.
- गभर्नर सिफारिस समितिले तीन व्यक्तिको नाम सिफारिस गरेको छ।
- समितिले मंगलबार बैठक गरी तीन नाम सिफारिस गरेको हो।
- पहिलो नम्बरमा विश्व पौडेलको नाम रहेको छ।
६ जेठ, काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।




जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।
अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्