रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो

प्रहरीका अनुसार घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । एक जनालाई चितवन मेडिक कलेज रिफर गरिएको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- तनहुँको डुम्रेमा बस र टिपर ठोक्किँदा सात जना घाइते भएका छन्।
- दुर्घटनामा घाइतेलाई लक्ष्मी अस्पताल लगिएको छ र बस चालकको अवस्था गम्भीर छ।
६ जेठ, तनहुँ । रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका- ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका-का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।
प्रदेश १-०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन् ।
प्रहरीका अनुसार सो टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।
प्रतिक्रिया दिनुहोस्