बालेनको टोली चिठी बुझाउँदै, फोटो खिच्दै

काठमाडौं महानगरका प्रमुख बालेन साहको आग्रह तीन जना वडाध्यक्षले अस्वीकार गरेलगत्तै उनका पिएको घरदैलो शुरु भएको छ । विभिन्न समितिको नयाँ संयोजक तोकिएकामध्ये वडा नम्बर ५ का वीरेन्द्र प्रजापति,३० का दलबहादुर कार्की र २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले प्रस्ताव अस्वीकार गर्दै सामूहिक राजीनामा बुझाएका थिए ।

आफूहरुलाई तोकिएको जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदन नभएकाले उक्त जिम्मेवारी सम्हाल्न उपयुक्त नहुने उनीहरुको भनाइ थियो । मेयर साहले वडाध्यक्षमध्ये सुशासन समितिको जिम्मा कार्की,सूचना प्रविधि प्रजापति र सम्पदा तथा पर्यटन समिति राजभण्डारीलाई जेठ १ गते जिम्मा दिएका थिए ।

frontline

तर साहका पिए भूपदेवले हिजो दुई वडाध्यक्षलाई खादा लगाएर पत्र बुझाउँदै सो को फोटो सार्वजनिक गरेका छन् । उनले रास्वपाबाट उपनिर्वाचनमा निर्वाचित वडा नम्बर १६ की रोजिना श्रेष्ठलाई विधायन समितिको संयोजक र कांग्रेसबाट निर्वाचित वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समितिको संयोजकका रुपमा पत्र बुझाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

मेयर बालेनले आफूविरुध्द बोल्ने वडाध्यक्षहरुलाई कारबाहीस्वरुप जिम्मेवारीबाट हटाएर यिनलाई संयोजक तोकेका थिए । 

जिम्मा लिन्न भन्ने काङ्ग्रेसका दलबहादुरले खादा लगाएपछि अब के हुन्छ ? खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here