रूपन्देही जिल्ला अदालतद्वारा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तुमा बलात्कृत युवती तथा उनको परिवारको गोपनियता सार्वजनिक गरेका गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुद्दोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीविरुद्ध रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
तर,पालिका अध्यक्ष चौधरी फरार रहेको बताइन्छ । अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई पक्राउ गर्न आदेश दिएको थियो ।




चौधरीलाई पक्रन रूपन्देही प्रहरीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई आज पत्राचार गरेको हो ।
प्रतिक्रिया दिनुहोस्