दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

 समाचार सारांश

  • काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
  • प्रसाईंलाई चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

frontline

सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

#प्रसाईं #हिरासत #अदालत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here