टुटन ट्रकसहित ४६ सय लिटर डिजल बरामद
काठमाडौं । निषेधाज्ञाको मौका छोपेर सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलाे मात्रामा तस्करी हुँदै गरेको डिजेल बरामद गरेको छ।
माेरङकाे रतुवामाई नगरपालिका ४ स्थित पैयामरी झुर्किया सडक खण्डबाट सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बलले बल्डङ्गाले टुटन ट्रकसहित ४६ सय लिटर डिजल बरामद गरेको हो।
शनिबार बिहान नेपालबाट अवैध रूपमा भारततर्फ लैजादै गरेकाे मे १ ख १५०९ नम्बरको टुटन ट्रक चेक जाँच गर्ने क्रममा ट्रकमा २ सय लिटर अट्ने ड्रम्म मा २२ ड्रम डिजर र एक ड्रम पेट्राेल सहित ससस्त्र प्रहरीले ट्रक सहित बरामद गरेको छ।
उक्त ट्रकमा ईटहरा तथा उर्लाबारीका पेट्रोल पम्पबाट डिजल ल्याएकाे हुन सक्ने स्थानीयले बताएका छन्।
भारतमा भारू ९० रुपैयाँ प्रतिलिटर अर्थात नेपाली १ सय ४४ रुपैयाँ प्रतिलिटर मा डिजल बिक्री वितरण हुने गरेको छ। नेपालमा भने प्रतिलिटर १ सय २ रुपैयाँ प्रतिलिटर खरिद गरेर अवैध रुपमा भारत लगि साेहि डिजल प्रतिलिटर ४० रुपैयाँ सम्म फाईदा हुने गरेको हुनाले तस्करी गरेर भारत तर्फ लैजाने गरेकाे व्यापारी हरु बताउँछन्।
बरामद गरिएको डिजल आमबारी चाेक र कपर्सुकामा घानकाे काँटा सन्चालन गर्दाे आएका चिरंन्जिवि खतिवडाकाे भएको प्रहरीले जनाएको छ।
सशस्त्र बिओपि बल्ड्ङ्गाका प्रहरी निरीक्षक सुक बहादुर तामाङका अनुसार बरामद गरिएको सामान विराटनगरस्थित सशस्त्र प्रहरीको गणमा लगिएको जानकारी दिए।
सशस्त्र प्रहरीका एसपी तिर्थ पाैडेलका अनुसार साे सामान विराटनगर भन्सार कार्यालय बुझाईने उनले बताए।






प्रतिक्रिया दिनुहोस्