एक लाख ९८ हजार ४९० प्रतिबन्धित भारू सहित सप्तरीबाट एक पक्राउ
काठमाडौं । सप्तरीबाट प्रहरीले एक जनालाई प्रतिबन्धित भारतीय रूपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महादेवा नगरपालिका-५ का २० वर्षीय दीपककुमार मण्डल छन्।
मण्डललाई हनुमाननगर कंकालिनी नगरपालिका-१४ बेरीयाघाटबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
उनको साथबाट एक लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रूपैयाँ बरामद भएको काफ्लेले बताए।
मण्डल भारतबाट नेपालतर्फ आउँदै थिए। प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ३ सय ९६ वटा नोट, २ सय दरको २ वटा नोट लगायत ५० दरको १ वटा नोट र १० दरको ४ वटा नोट बरामद भएको काफ्लेले बताए।






प्रतिक्रिया दिनुहोस्