राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
उनले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीलाई आग्रह पनि गरेका छन् । प्रधानमन्त्री ओलीले जेठ १५ गते कुनै पनि प्रतिगामी सपना पूरा नहुने जवाफ दिए ।
राजावादीहरूले आगामी जेठ १५ गतेबाट राजा फर्काउन अनिश्चितकालिन आन्दोलन घोषणा गरिरहेका बेला प्रधानमन्त्रीले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन । त्यसमा जोड नगर्न आग्रह गर्दछु ।’
संविधानअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले सुझाव समेत दिए । राजावादीहरूले आगामी जेठ १५ गते आन्दोलनको घोषणा गरेको छ ।
#प्रधानमन्त्री केपी शर्मा ओली #केपी शर्मा ओली # प्रतिनिधिसभा बैठक #नीति तथा कार्यक्रम २०८२/०८३






प्रतिक्रिया दिनुहोस्