२ लाख ८१ हजार टन रासायनिक मल आयात, सवा लाख टन बाटोमा

चालु आव वैशाख तेस्रो सातासम्म २ लाख ८१ हजार २ सय ८२ टन मल आयात भएको हो ।

२२ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साढे ९ महिनासम्ममा २ लाख ८१ हजार टन रासायनिक मल आयात गरेको छ ।

frontline

सरकारले कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी मार्फत मल खरिद गर्दै आएको छ । चालु आव वैशाख तेस्रो सातासम्म २ लाख ८१ हजार २ सय ८२ टन मल आयात भएको हो ।

कृषि सामग्री र साल्ट ट्रेडिङले युरिया मल १ लाख ७४ हजार ४ सय ७४ टन आपूर्ति गरेका छन् । यस्तै दुवै कम्पनी गरी डीएपी ९१ हजार ५ सय ४२ टन र पोटास १५ हजार २ सय ६५ टन आएको हो ।

युरिया, डीएपी र पोटास गरी कृषि सामग्रीले २ लाख ४४ हजार ३ सय ७३ टन र साल्ट टे«डिङले ३६ हजार ९ सय ८ टन ल्याएका छन् ।

अहिले कति छ मल ?

अहिले सरकारसँग गत आवको मौज्दात समेत गरी ८० हजार ७ सय ८० टन मल छ । कृषि सामाग्री्रसँग ७० हजार १ सय २ टन र साल्ट ट्रेडिङसँग १० हजार ६ सय ७७ टन मौज्दात छ । दुवै कम्पनीसँग गरी युरिया १८ हजार १ सय ९० टन, डीएपी ५० हजार ८ सय ९१ टन र पोटास ११ हजार ६ सय ९८ टन मौज्दात छ ।

३ लाख १९ हजार टन बिक्री

गत वर्षको मौज्दात समेत गरेर वैशाख तेस्रो सातासम्म ३ लाख १९ हजार ३ सय २८ टन मल बिक्री भएको छ ।

कृषि मन्त्रालयका अनुसार दुवै कम्पनीले गरी युरिया १ लाख ९६ हजार १५ टन, डीएपी १ लाख १० हजार ९ सय ६९ टन र पोटास १२ हजार ३ सय ४३ टन बेचेका हुन् ।

कृषि सामग्रीले २ लाख ५२ हजार ९ सय ८ टन मल बिक्री गरेको छ । यस्तै साल्ट टे«डिङले ६६ हजार ४ सय २० टन बेचेको छ ।

१ लाख १९ हजार टन बाटोमा

कृषि मन्त्रालयका अनुसार ३० हजार टन युरिया मल साल्ट ट्रेडिङले कोलकाताबाट ल्याउँदै छ । यस्तै कोलाकाताबाट नै ३० हजार टन युरिया मल कृषि सामग्रीले ल्याइसकेको छ भने यही साता नेपाल प्रवेश हुँदैछ ।

कृषि सामग्रीले नै खरिद गरेको २५ हजार टन डीएपी र ३४ हजार टन युरिया कोलकाता बन्दरगाहमा आइसकेको छ भने जेठ पहिलो सातादेखि नेपाल प्रवेश गर्ने छ ।

सरकारले चालु आवका लागि २७ अर्ब ९५ करोड रुपैयाँ रासायनिक मलका लागि बजेट छुट्याएको थियो । हालसम्म वार्षिक लक्ष्य अनुसार नै ५ लाख ५० हजार टन मलको टेन्डर भइसकेको छ भने आधाभन्दा बढी नेपाल आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here