एनआरएनएमा नयाँ कार्यसमिति निर्विरोध चयन, अध्यक्षमा श्रेष्ठ

२१ वैशाख, काठमाडौं । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एकताको महाधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
शनिबार र आइतबार काठमाडौंको हायात रिजेन्सीमा आयोजित महाधिवेशन नयाँ नेतृत्व चयन गरेको छ ।




संघको उपाध्यक्षमा खगेन्द्र दाहाल, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तगेला) र बुद्धिसागर सुवेदी चयन भएका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन भएकी छिन् भने महासचिवमा बाबुराम लामा छन् ।
यसैगरी खुला सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे छन् । सचिव खुला महिलामा देवकी खत्री गुरुङ र कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।
यस्तै सहकोषध्यक्ष खुलामा कृष्णप्रसाद पोख्रेल चयन भएका छन् । सहकोषध्यक्ष महिलामा भने उम्मेदवारी नपरेको बताइएको छ । महिला संयोजकमा रशमी थापा र युवा संयोजकमा भीमसेन थापा निर्विरोध छन् ।ओसेनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना निर्विरोध छन् ।
सर्वोच्च अदालतले एक वर्षअघि २१ चैत २०८० मा घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो । साथै, आदेशमा २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशन खारेज गर्न पनि भनिएको थियो ।
सोही अनुसार उनले एकताको महाधिवेशन आयोजना गरेका हुन् । तर, डा. बद्री केसी नेतृत्वमा रहेको एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले यो महाधिवेशनलाई मानेको छैन ।
केसी नेतृत्वको कार्यसमितिलाई पनि सर्वोच्चकै अर्को इजलासले कामकाज अघि बढाउन नरोक्नू भन्ने अन्तरिम आदेश दिएको थियो ।
यसपटक केसीसँग पराजित आरके शर्मा र महेश श्रेष्ठ घले नेतृत्वको महाधिवेशनमा सहभागी भएका थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाधिवेशन उद्घाटन गर्दै मन्त्रालयले मान्यता दिने एनआरएनए यही हुने बताएकी थिइन् ।
यसैगरी एसिया प्रशान्त क्षेत्रीय संयोजकमा डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजकमा प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली र ओसेनिया क्षेत्रीय संयोजकमा इर्सद अहमद चयन भएका छन् । अफ्रिका क्षेत्रीय संयोजकमा भने उम्मेदवारी नपरेको उल्लेख छ ।
यस्तै एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा रामप्रसाद खरेल र लोकेन्द्र ओली, युरोप क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र भीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई निर्वाचित भएका छन् भने उत्तर–दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा शिवराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्