प्रधानमन्त्रीओली: ताजा जनादेशमा जानु प्रतिगमन होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् ।

आज (शुक्रबार) देशबासीलाई सम्बोधन गर्दै आफूले प्रतिनिधिसभा पूरै अवधि चलोस् भनेर कुनै कसर बाँकी नराखेको तर दलहरूकै गतिविधि, निर्दलीय चरित्रले यो विघटित बनेको बताए । 
उनले नेकपा एकताबद्ध राख्न आफूले अन्तिसम्म प्रयत्न गरेको बताए । त्यो सफल हुन नसकेको जिकिर गरे ।

frontline

अस्थिरता सिर्जनाका लागि स्वार्थ केन्द्रित गठबन्धन नगरेको र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दी गर्ने हटाउन नखोजेको भए अहिलेसम्म एकता महाधिवेशन हुने कल्पना गरे । इतिहासले हिसाबकिताब राख्ने उनको भनाइ थियो ।

उनले सबै राजनीतिक दललाई निर्वाचन हुँदैन कि, गर्दैन कि भन्ने भ्रम त्याग्न पनि अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

poster-here