फागुनसम्म मुलुक ३ खर्ब १० अर्ब बचतमा

२७ चैत, काठमाडौं । चालु आर्थिक वर्ष फागुन मसान्तसम्म मुलुक ३ खर्ब १० अर्ब रुपैयाँ बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरणअनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति ३ खर्ब १० अर्ब बचतमा देखिएको हो । भुक्तानी बचतमा हुनु भनेको मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुनु हो ।




अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा छ ।
फागुन मसान्तसम्म चालु खाता १ खर्ब ८० अर्ब ८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा छ ।
प्रतिक्रिया दिनुहोस्