कान्तिपुर संवाददाता पोखरेललाई पाल्दै आएको संस्थाले भन्यो : योगदान अतुलनीय छ

माधव मरासिनी । क्यालिफोर्निया । बेलायतस्थित कान्तिपुर संवाददाता नविन पोखरेललाई १७ महिना सम्म मासिक तलव भत्ता दिएर कान्तिपुरमा समाचार लेखाएको ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति उनको बचाउमा लागेको छ ।
समितिका पूर्व संयोजक सूर्य सूर्य नेम्वाङले विहिवार एक विज्ञप्ति मार्फत नविन पोखरेलाई आफु र संस्थाले मासिक रुपमा तलव दिएर पालेको वताए पोखरेल वेलायतमा विवादमा तानिएका छन्।

पोखरेलले तलव खादै आएको संस्था ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो संगठनसंग जोडेर बेलायतका पत्रकार नवीन पोखरेलको चरित्रहत्या गरेकामा आपत्ति प्रकट गरेको छ ।

frontline

समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बिहीबार एक वक्तव्य जारी गर्दै सूर्य नेम्वाङ भन्ने व्यक्तिले सामाजिक सञ्जालमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालसँग नाम जोडेर पत्रकार पोखरेलको चरित्र हत्या गरेकोप्रति घोर आपत्ति जनाएका हुन् ।

समितिले अहिलेसम्म कुनै पनि सञ्चारकर्मीलाई आर्थिक सहायता प्रदान गर्ने वा प्रलोभनमा पार्ने काम गरेको छैन भन्दै वक्तव्यमा आफैं चन्दा संकलन गरेर जेनतेन चलिरहेको संगठनले पत्रकारलाई मासिक तलव ख्वाएको भन्ने हास्यास्पद आरोप तल्लोस्तरको मनोगत सोच बाहेक केही नभएको उल्लेख छ ।

वक्तव्यमा आधारधीन लान्छना लगाएर पोखरेलजस्ता कलमजिवीहरुको मनोवल गिराउन खोज्ने सूर्य नेम्वाङको कार्य निन्दनीय र भत्र्सनायोग्य छ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here