विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा रिट हाल्न जाँदै

काठमाडौं। आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा रिट हाल्न जाँदै छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हाल्न लागेका हुन्।

frontline

‘जालसाजी गरे। हस्ताक्षर किर्ते गरे भनेर स्यालहुइयाँ गर्नेहरू छन् नि उनीहरूलाई पनि मनोवैज्ञानिक सन्देश दिन हामी सशरिर अदालत जान लागेका हौं,’ एमाले सांसद विरोध खतिवडाले भने,‘अदालतमा हाम्रो सनाखत गर्ने भए गर, टाउको गन्ने भए गन भनेर जान लागेका हौं।’

अहिलेसम्म रिट कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन्।

बाँकी सांसदलाई पनि लिएर सर्वोच्च जाने खतिवडाले बताए। यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए।   

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here