राजनीतिक परिस्थितिमा फेरबदल आएका कारण दाबी पेस गरेको तर्क

१५ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्ने आफ्नो कदमबारे स्पष्टीकरण दिएका छन्।

प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन गर्ने निर्णय गर्नुअघि उनले शुक्रवार महन्थ ठाकुर अध्यक्ष रहेको जनता समाजवादी पार्टीको पनि आफूप्रति समर्थन रहेको भन्दै त्यस्तो दाबी पेस गरेका थिए।

frontline

आइतवार बालुवाटारमा पत्रकारहरूसँगको छलफलका क्रममा उनले राजनीतिक परिस्थितिमा फेरबदल आएपछि आफूले पनि सरकार गठनका लागि दाबी पेस गरेको तर्क गरे।

शुक्रवार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै छलफलका क्रममा आफूले संसद्‌मा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएका कारण नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताएका ओलीले त्यसको केही घण्टामै आफूसँग प्रधानमन्त्री बन्नका लागि आवश्यक सांसदहरूको सङ्ख्या रहेको दाबी पेस गरेका थिए।

“मैले दलको अध्यक्ष र संसदीय दलको नेताको हैसियतले मसँग रहेका १२१ सीट र पार्टी अध्यक्ष महन्थ ठाकुर (जनता समाजवादी पार्टी) र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरसहितको समर्थनमा १५३ सीटको दाबी लिएर राष्ट्रपतिकहाँ गएँ। संसद् विघटन नहोस्, वैकल्पिक सरकार दिन सकियोस्, अरूले दिन सक्ने स्थिति रहेन,” उनले भने, “त्यसो हो भने मै उपधारा ५ अनुसारको वैकल्पिक सरकार दिन्छु। मैले अगाडि विश्वास गरेको थिइनँ कि यो स्थिति बनाउन सक्छु भन्ने।”

“तर राजनीतिमा कहिलेकहिले छिट्टै परिवर्तन आउँछ। छिट्टै परिस्थितिमा फेरबदल आउँछ,” उनले भने।

“पहिले मैले भनेको थिएँ मैले भर्खरै विश्वासको मत प्राप्त गर्न सकिनँ, परिस्थितिमा तात्त्विक अन्तर आएको छैन। यद्यपि संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठन गर्न तीन दिनको समय दिँदा अरूले पनि पार लगाएका थिएनन्”

ओलीले वैकल्पिक सरकार बनाउनका लागि अवरोध नगरिएको समेत दाबी गरेका छन्।

विपक्षीहरूले समय छोटो भएको भनेको भए पनि त्यो होइन रहेछ भन्ने दुवै पक्षले समयमै दाबी पेस गर्न सकेकोबाट देखिएको उनको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here