एनआरएनए क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा शेखर बजगाईको उम्मेदवारी

इटहरी । गैह्र आवासीय नेपाली संघ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष पदमा इटहरी निवासी शेखर बजगाईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । अमेरिका क्यालिफोर्निया बस्ने गैह्र आवासीय नेपालीहरूमाझ विभिन्न ९ बुँदे घोषणापत्र जारी गर्दै बजगाईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

आफुहरु क्यालिफोर्निया च्याप्टरमा निर्वाचित भए क्यालिफोर्निया च्याप्टरको छुट्टै वेभसाईट निर्माण गरि क्यालिफोर्नियाका हरेक शहरमा एक सम्पर्क अधिकारी चयन गरिने,क्यालिफोर्नियामा रहेका नेपाली व्यापार व्यवसाय,पेशाकर्मीहरुको सेवा सहुलियत दरमा उपलब्ध गराउने,स्थानीय संघ संस्था र ति संस्थाले के सहयोग पुर्याउन सक्छन, सो को जानकारी र आगामी कार्यक्रमको जानकारी दिने, आर्थिक पारदर्शिताका निमित्त हरेक महिनाको बैंकको स्टेटमेन्ट र आम्दानी खर्च विवरण सार्वजनिक गर्ने, संस्थाको पारदर्शिताका निमित्त सम्पूर्ण बैठकको लिखित निर्णय अभिलेख गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

frontline

त्यसैगरी आकष्मिक कोषको निर्माण गरी भविष्यमा आउने आपत बिपतमा सहयोग गर्नुका साथै, नेपालमा प्राकृतिक विपत्ति आएको खण्डमा यहाँबाट पैसा उठाएर पठाउन्जेल १ हप्ता बढी लाग्ने भएकाले कोषबाट तुरुन्तै घटना घटेकै दिन सहयोगको आवश्यकता हुने हुँदा, यो आकष्मिक कोषबाट घटना घटेकै दिन सेवा सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जनाईएको छ ।

आसन्न हुने निर्वाचनलाई मध्यनजर गर्दै बजगाईले महिला सशक्तिकरण तथा लैंगिक बिषयक अभियान (महिला तथा पुरुष दुबैको सहभागितामा) चलाउने जसले गर्दा महिलाहरुलाई संघ संस्था र समाजमा निर्णायक भूमिकामा स्थापित गर्ने गराउने तथा महिला बिरुद्धका हिंसामा सशक्त रुपमा कानूनी आवाज उठाउने , दोश्रो पुस्ता अर्थात् युवा जमातलाई नेपाल र अमेरिकामा रहेका नेपाली समुदायको गतिबिधिमा प्रतक्ष्य समावेश गराउने कार्यक्रमहरु स्थापित गर्ने र साथ साथै क्यालिफोर्निया स्तरीय विभिन्न खेलकुद र बौद्धिक प्रतियोगिता आयोजना गर्ने जनाईएको छ ।

कोरोना लगायतका महामारी वा अन्य कुनै विषम परिस्थितिमा स्थानीय नेपाली समुदायलाई आवश्यक सर सहयोग गर्ने ,स्थानीय नेपाली संघ संस्थाहरु संग सहकार्य गर्दै संयुक्त कार्यक्रमहरु संचालन गर्ने क्यालिफोर्नियाको राज्य सरकार, काउन्टी, सिटि आदिसंग सहकार्य गरि नेपाली र अमेरिकी सरकार बीच पूलको काम गरि सरकारबाट प्राप्त हुन सक्ने चल अचल सुबिधाहरु नेपाली समुदायको लागि प्रयोग गर्ने, गैर आवासीय नेपाली संघ (NRN) किन भन्ने प्रश्नलाई मध्यनजर गरि गैर आवासीय नेपाली संघ (NRN) अन्तरराष्ट्रिय समन्वय समिति, राष्ट्रिय समन्वय समिति तथा च्याप्टरहरुले नेपाली समुदायको हकहितका लागि प्राप्त भएका उपलब्धिहरुलाई जन समुदाय बिच जानकारी गराउने जसले गर्दा गैर आवासीय नेपाली संघ प्रति जन समुदायको आकर्षण स्थापित गर्न मदत गर्ने ,NRN क्यालिफोर्निया च्याप्टरले बिगतमा गरेका राम्रा राम्रा काम तथा योजनाहरुको निरन्तरता दिने जस्ता एजेण्डा अघि सारेका छन ।

प्रतिक्रिया दिनुहोस्

poster-here