ललितपुर महानगरपालिकाले सोध्यो स्पष्टीकरण

ललितपुर महानगरपालिकाले सडक कालोपत्र गर्ने ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ।

आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै महानगरले सडक निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनी बिरूवा कन्स्ट्रक्सन काठमाडौं र  सिएम पवित्र महर्जन जेभी ललितपुरलाई  सात दिने स्पष्टीकरण सोधेको हो।

frontline

सडक  स्तरोन्नतीको कार्यप्रगती सन्तोषजनक नरहेको विषयमा पटकपटक पत्राचार गरिएको र निर्माण कम्पनी पक्षले पनि समयमै काम सक्ने विषयमा पटकपटक प्रतिबद्धता पेश गरेको तर काम नभएको महानगरले जनाएको छ।

‘तसर्थ ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली ०६४ को उल्लंघन गरी सडक  आयोजना अलपत्र पारेको हुँदा तपाईँहरूसँग  भएको ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्नेतर्फ  कारबाही किन नगर्ने ?,’ महानगरले सोधेको स्पष्टीकरणमा उल्लेख छ।

महानगरले सूचना प्रकाशित भएको सात दिनभित्र निर्माण कम्पनीका आधिकारिक व्यक्ति स्वयं उपस्थित भई स्पष्टीकरणको वस्तुनिष्ठ आधार र कारणसहित जवाफ पेस गर्न निर्देशन दिएको छ।

तोकिएको समयमा महानगरपालिकासमक्ष उपस्थित नभएमा वा पेस भएको स्पष्टिकरणको आधार र कारण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौता रद्द गरी थप कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here