सरकारलाई सघाउन आफू तयार रहेको

फाइल फोटो

जनताको जीवन रक्षा गर्न आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध छु

काठमाडौं । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले अक्सिजन खपतबारे सत्यतथ्य जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।

frontline

सामाजिक सञ्जालमार्फत् उनले अक्सिन आपूर्तिमा समस्या हुँदा कोभिड संक्रमणले नागरिक अकाल मृत्युवरण गरिरहेकोतर्फ ध्यानाकर्षण पनि गराएका छन् । उनले सरकारलाई सघाउन आफू तत्पर रहेको पनि बताएका छन् ।

“काठमाडौंमासमेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ । उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? क्षमता वृद्धि गर्न नसके पनि उक्त अक्सिजनको खपतबारे जनतालाई जानकारी गराइयोस् । राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन ४ वटा जहाजहरूसमेत प्रयोग गरी सम्भव भएका विदेशी नियोगसमेतको सहायता लिई अक्सिजन आपूर्ति सहज गरी जनताको जीवन रक्षा गरियोस् । म जनताको जीवन रक्षा गर्न आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध छु,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here