भारतलाई घेर्ने चीनको नयाँ चाल ! नेपालमा किन चल्दैछ रेल ?

१९ पुस, काठमाडौं । चीन नेपालमा रेल चलाउन चाहन्छ । यो रेलको योजना चीनको केरुङदेखि नेपालको काठमाडौंसम्म रहेको छ ।

यसका लागि हालै चीनबाट ६ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । नेपाल र चीनबीच रेल चल्न थाल्यो भने भारतका लागि ठूलो चिन्ताको विषय हुनसक्छ ।

frontline

भारतीय संचारमाध्यम आजतक भने यदि यो रेल लाइन बिछ्याइएको खण्डमा यसले भारतका लागि रणनीतिक कठिनाइहरू खडा गर्न सक्ने दाबी गरेको छ । यद्यपि दुवै हिमाली देशले यसबाट उनीहरुबीचको व्यापार बढाउने दाबी गरेका छन् ।

यदि चीन र नेपाल बीच क्रस बोर्डर रेल चल्यो भने यसले हिमालय व्यापार बहुआयामिक कनेक्टिभिटी बढाउनेछ। अर्थात्, चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई बढावा मिल्नेछ। तर ध्यान दिनु पर्ने कुरा के छ भने चीनले पाकिस्तानलाई निरन्तर समर्थन गर्दै आएको छ ।

आजतक लेख्छ, ‘बारम्बार पाकिस्तानी आतंककारीको साँठगाँठ नेपालसँग रहेको छ । चीन–नेपाल र पाकिस्तान एक भएमा चीनले भारतलाई घेरा हाल्ने अर्को मौका पाउने छ ।’

चीनबाट आएका विज्ञ टोलीका नेता फेङ डेकुआनले  सम्भाव्यता अध्ययन गर्न आएको बताएका छन् । यो रेलमार्ग चीनको केरुङदेखि नेपालको काठमाडौंसम्म बिछ्याइनेछ ।

चाइना रेलवे फर्स्ट सर्भे र डिजाइन इन्स्टिच्युट समूहले फेरि अध्ययन गर्नेछ रेलमार्ग आदिको डिजाइन। नेपाल र चीन दुवै हिमालयमा अवस्थित छन् । यहाँको मौसम निकै खराब छ ।

भौगोलिक अवस्था ठीक छैन । फेङले यस्तो चरम परिस्थितिमा रेल लाइन बिछ्याउनु संसारको सबैभन्दा कठिन इन्जिनियरिङ परीक्षण हुने बताए।

नेपाल रेलवे विभागका प्रवक्ता अमन चित्रकारले यो सम्भाव्यता प्रतिवेदन निकै उन्नत हुने बताए । उनले रेल परियोजनाका लागि चीनसँग सम्झौता गर्दा नेपालीहरु खुशी हुने वताए ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तत्कालिन परराष्ट्रमन्त्री नारायण खड्कासँग छिङदाओमा भेटवार्ता गरेका थिए ।

बैठकमा यो रेलमार्गबारे पनि छलफल भएको थियो । यो वर्षको अन्त्यसम्ममा रेलमार्गको सर्वेक्षणको काम सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here