सेयर बजारको उकालो यात्रा कायमै, कारोबारमा कमी

१८ पुस, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार १७.५६ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.८६ प्रतिशत बढेर २०६३.८३ विन्दुमा रोकिएको छ ।

आइतबार पनि नेप्से परिसूचक १७ अंक बढेको थियो । तर, कारोबार रकममा भने कमी आएको छ । आइतबार चार अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

frontline

पछिल्लो समय सेयर बजारमा लगानीकर्ता झुमिएका छन् । लगानीकर्ताको आकर्षण बढेसँगै दैनिक नेप्से परिसूचक बढ्दै गएको छ ।

दुई दिनको अन्तरालमा नेप्से परिसूचक ३५ अंक बढेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.२२ प्रतिशत वृद्धि भएर ३९४.८९ विन्दुमा रोकिएको छ ।

आज २५३ धितोपत्रको ८२ लाख ७१ हजार ३५५ कित्ता दुई अर्ब ९६ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । आइतबार एक करोड कित्ताभन्दा बढी धितोपत्र खरिद–बिक्री भएको थियो ।

यसदिन धौलागिरी लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत, अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

नबिल बैंकको सर्वाधिक रकमको सेयर खरिद–बिक्री भएको छ । यो बैंकको १६ करोड ८४ लाख रुपैयाँको सेयर मूल्य खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि व्यापार समूहको भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here