चर्चित बास्केटबल खेलाडी जोर्डनको जर्सी १ मिलियन पाउण्डमा बिक्री
फ्रन्टलाइन खेल । बास्केटबलका बहुचर्चित खेलाडी माइकल जोर्डनको जर्सी कीर्तिमानी मूल्यमा बिक्री भएको छ । युनिभर्सिटी अफ नर्थ कारोलिनाबाट खेल्दा माइकलले लगाएको जर्सी १ मिलियन पाउण्डमा बिक्री भएको छ ।
हेरिटेज अक्सन स्पोर्ट्सले जोर्डनको जर्सी १ मिलियन पाउण्डमा शनिबार बिक्री भएको जनाएको छ । यस अघि पनि जोर्डनले प्रयोग गरेको सामग्री महँगो मूल्यमा बिक्री भएको थियो । एनबीए लिजेण्ड जोर्डनले प्रयोग गरेको नाईकीको ’एयर जोर्डन १’ जुत्ता ५ लाख ६० हजार युरोमा बिक्री भएको थियो ।
जुन मूल्य बास्केटबल जुत्ताको अक्सन इतिहासकै सर्वाधिक महँगो हो । सिकागो बुल्सका पूर्व स्टार जोर्डनले क्लबका लागि ६ पटक एनबीए उपाधि जितेका थिए । ५८ वर्षीय जोर्डनले सिकागोबाट १५ सिजन खेलेका थिए । सन् २००३ बाट उनले खेल जीवनबाट सन्यास लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्