भारतीय सेनाको टोली नेपालमा, सालझन्डीमा शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास

२९ मंसिर, काठमाडाैँ ।  सैन्य अभ्यासमा भाग लिन भारतीय सेनाको टोली आज बुधबार नेपाल आइपुगेको छ । नेपाल—भारत सीमा नजिक रुपन्देहीको सालझन्डीमा शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।

नेपाल र भारतका सेनाबीच ‘सूर्यकिरण’ नामक सैन्य अभ्यास हरेक वर्ष एकअर्को देशमा आलोपालो हुने गरेको सेनाले जनाएको छ ।

frontline

सूर्यकिरण अन्र्तगतको १६ औं संस्करण नेपालको सालझन्डीमा शुरु हुन लागेको हो । १५ औं संस्करण भारतको पिथौरागढमा आयोजना भएको थियो, जसमा दुवैतर्फका गरी ६५० जना सैनिक जवान सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here