यी १३ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
२९ मंसिर, काठमाडाैँ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ । समयमै काम नसक्ने तथा आपूर्ति नगर्ने १३ वटा कम्पनीलाई १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालो सूचीमा राखिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्