नेप्से परिसूचकसँगै कारोबार रकम बढेर बन्द

२६ मंसिर, काठमाडाैं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम बढेर बन्द भएको छ । आइतबार ३२ अंक घटेको नेप्से आज करिब १७ अंक बढेर बन्द भएको छ । आइतबारको तुलनामा नेप्से १६.९६ अंक वृद्धि भएर १९०२.२७ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यसदिन एक अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज २४५ धितोपत्रको ४४ लाख ७० हजार ६२५ कित्ता खरिद–बिक्री भएको छ । 

frontline

आज काराबोरमा आएका धितोपत्रमध्ये समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । बैंकिङ समूहको परिसूचक ०.५८ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here