ग्रेडरले साइकललाई ठक्कर दिँदा विद्यार्थीको मृत्यु

१५ मंसिर, धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेरडरले साइकलमा स्कुल गइरहेका विद्यार्थीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपहानगरपालिका–४ की चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here