विश्वकप फुटबल : वेल्समाथि इरानको सनसनीपूर्ण जित

९ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा इरानले वेल्सलाई २–० गोल अन्तरले पराजित गरेको छ।

समूह ‘बी’अन्तर्गत कतारको अहमद बिन अलि स्टेडियममा शुक्रबार भएको खेलमा इरानले दुबै गोल इन्जुरी समयमा गरेको हो।

frontline

इरानका लागि रौजबेह चेस्मी र रामिन रिजाइनले एक–एक गोल गरे।

इरान आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग ६–२ गोलले पराजित भएको थियो भने वेल्सले अमेरिकासँग १–१ को बराबरी खेलेको थियो।

खेलको ८६ औँ मिनेटमा गोलकिपर वेन हेनेसीले रातो कार्ड पाएसँग वेल्स १० खेलाडीमा सीमित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here