पाल्पामा मतदानस्थलमा खटिए कर्मचारी

१ मंसिर, पाल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि पाल्पामा कर्मचारी मतदानस्थलमा खटिएका छन् ।

जिल्लाका मतदानस्थल र मतदान केन्द्रका लागि मतदान अधिकृत सहितको टोली निर्वाचन सामाग्री सहित खटिएका हुन् ।

frontline

११८ मतदान स्थल र २४६ मतदान केन्द्रका लागि १ हजार ९ सय ७२ कर्मचारी मतदान केन्द्रमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

निर्वाचन सहज रुपमा सम्पन्न गराउन आवश्यक निर्देशन र आचारसंहितको बारेमा जानकारी गराई मतदान प्रक्रियालाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन मतदान अधिकृतको टोली खटिएको मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले जानकारी दिनुभयो ।

मतदानका लागि आवश्यक पर्ने छेकाबार, मतपत्र, मतपेटीका र आवश्यक सामाग्री सहित मतदान अधिकृत सम्बन्धीत मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन अधिकारी रुक्माङगत अर्यालयले बताउनुभयो ।

प्रतिनिधि सभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेका पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् । जिल्लाको निर्वाचन सम्पन्न गराउन स्वयसेवक बाहेक एक हजार हारहारीमा नेपाल प्रहरीसँगै सश्स्त्र प्रहरी, नेपाली सेना र १२ सय म्यादी प्रहरी समेत खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here