गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दै

१ मंसिर, काठमाडौं । सत्ता गठबन्धनले (आज) बिहिबार काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।

गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा बिहिबार अन्तिम चुनावी सभा गर्न लागेको हो। सोही चुनावी सभा दिउँसो २ बजे कोटेश्वरमा हुने गठबन्धनका एक नेताले बताएका हुन् ।

frontline

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांंग्रेस महामन्त्री गगन थापा र गठबन्धनकाे तर्फबाट क्षेत्र नम्बर–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यहि मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं-२ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ घर्ती, प्रदेश सभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फूँयाल उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here