भोली दिउँसो तीन प्रदेशमा वर्षाको सम्भावना

२५ कात्तिक, काठमाडौं । शनिबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। 

frontline

साथै हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

रातको समयमा भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here