फोहोरको बोराभित्र शिशुको शव फेला

२५ कात्तिक, हेटौंडा । मकवानपुरको हेटौंडा-१० राप्ती किनारमा शिशु (बालिका) को शव फेला परेको छ। 

शुक्रबार बिहान फोहोरको बोराभित्र सालनालसहित शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

frontline

हेटौंडा उपमहानगरपालिकाले फोहोर संकलन गरी व्यवस्थापन गर्ने स्थानमा शव फेला परेको प्रवक्ता कार्कीले बताए। 

ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानबाट संकलन गरी व्यवस्थापनका लागि राप्ती किनारमा ल्याएको फोहोरको बोरामा शिशुको शव भेटिएको हो। 

पोस्टमार्टमका लागि हेटौंडा अस्पतालस्थित शव गृहमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here