चितुवाकाे आक्रमणबाट ३ जना घाइते

२५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङ-१४ काे कफ्लेटीमा चितुवाले आक्रमण गर्दा ३ जना मानिस घाइते भएका छन् ।

आज (शुक्रबार) बिहान ९ बजे गोठमा बाख्रा खान आएको चितुवाले एक्कासी आक्रमण गरेपछि ३ जना मानिस घाइते भएका हुन् ।

frontline

स्थानीय ६८ वर्षीय तुलसी पराजुलीको गोठमा बाख्रा खान आएको चितुवाले पराजुलीलाई घाइते बनाएपछि उनको उद्धारमा पुगेका अन्य स्थानीयबासीमाथि समेत चितुवाले आक्रमण गरेको हाे ।

चितुवाको आक्रमणबाट पराजुलीसहित २४ वर्षीय लक्ष्मी पराजुली र ६४ वर्षीय किसान न्यौपाने घाइते भएका छन् । तीनै जनाको वालिङस्थित गहौरध्याङुलिङ प्रथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ ।

३ जना मध्ये तुलसी पराजुली गम्भीर घाइते र दुई जना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे। चितुवा घरभित्र प्रवेश गरेकाले उसको नियन्त्रणको प्रयास भइरहेको उहाँले बताउनुभएकाे छ ।

अहिले डिभिजन वन कार्यालय स्याङ्जाको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here