सेयर बजारमा २३.५२ अंकको गिरावट

२४ कात्तिक, काठमाडौं । सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

साताको दोस्रो कारोबार दिनयता निरन्तर ओरालो लागेको नेप्से यसदिन २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा अडिएको छ।

frontline

सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेर ३७२.३७ विन्दुमा पुगेको छ।

यसदिन २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा सेयर खरिदबिक्री भयो।

दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन।

१० करोड २२ लाख बढि मूल्यको सेयर कारोबार गरी शिवम् सिमेन्ट शीर्षस्थानमा रहयो।

कारोबारमा आएका १३ समूहकै सूचक राताम्मे देखिएका छन्। फाइनान्स समूहको सूचक सर्वाधिक २.४६ प्रतिशतले  घट्यो।

हाइड्रोपावर,अदर्श समूहको सूचक २ प्रतिशत बढिले घट्दा  ट्रेडिङ, होटल्स एन्ड टुरिजम, डेभलपमेन्ट, नन लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेस्टमेन्ट समूहको सेयर मूल्य १ प्रतिशत बढिले ओरालो लाग्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here