सुन्दर र बलियो नेपाल बनाउन मियोमा सबै आवद्ध हुन पूर्वराजा ज्ञानेन्द्रको दसैं शुभकामना

१४ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अस्थिर राजनीतिकले  मुलुकमा विग्रह र विकृति बढेको बताएका छन्। 

दसैंको अवसरमा भिडियोमार्फत शुभकामना दिँदै शाहले सुन्दर  र बलियो नेपाल बनाउन मियोमा सबै आवद्ध हुन आग्रह गरेका छन्।

frontline

‘अस्थिर राजनीतिले मुलुकमा विग्रह र विकृति आएको छ। त्यसका लागि बलियो मियोमा आवद्ध भएर राम्रो दरिलो नेपाल बनाउन दिव्य चेतना आओस,’ शाहले शुभकामना भनेका छन्।

शाहले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिका भित्रको विवादले मुलुकमा विग्रह र विकृति बढेको बताएका छन्।

‘यो अवस्थाले जनतामा उत्साह छैन। मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन। दायित्व के गर्ने, के गर्न नहुने, न्यायिक मुल्य के हो र यो सबै कुराको मूल्यांकन कसले गर्ने र कोबाट हुने,’ उनले भनेका छन्।

देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको शाहको भनाइ छ।

शाहले नेपाल निरन्तर देशी र विदेशीहरुको क्रिडा भूमि पनि भयो भन्ने जनगुनासो आएको बताउँदै शाहले स्वतन्त्र सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा सक्षम र समृद्धिको पुनरनिर्माणमा ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here