कर्मचारीको सरुवा रोक्न र सरुवा भएकामा तत्काल रमाना दिन आयोगले लगायो रोक
७ असोज, काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा वाधा उत्पन्न हुने भएकाले आयोगले यस्तो निर्देशन दिएको हो ।
यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा बिहीबारदेखि आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन निर्देशन दिइएको हो ।
यस्तै बु्धबारसम्म सरुवा भै सकेको अवस्था भए तत्काल रमाना दिई ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्